अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन
कपिलवस्तु । अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आखाँ पनि नचिम्लने गरि अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उनले बताएका छन् । मन्त्री महत कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक पर्ने धारणा राखेको छ । उनले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताएका छन् ।
उनले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पारेका छन् ।