संसदलाई छेड्खानीको थलो नबनाउन रवि लामिछानेको आग्रह
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।
लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको बताएका छन् । लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कव्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताए ।
आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । लामिछानले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नवोलाउने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राखे ।
सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै उहाले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गरेका छन् ।
उनले सहकारी क्षेत्रमा देखिएको बिकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार रहेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गरेका छन् ।