कांग्रेस माओवादी गठबन्धन भत्कियो, एमाले र रास्वपा प्रचण्ड सरकारमा प्रवेश गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।

संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने स्रोतले बताएको छ । आज पुराना मन्त्रीहरुलाई हटाएर प्रधानमन्त्री प्रचण्डले सानो नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

राष्ट्रियसभा अध्यक्ष, टीआरसी विधेयक र अर्थमन्त्री परिवर्तनबारे कांग्रेससँग कुरा नमिलेपछि प्रचण्डले गठवन्धन परिवर्तन गरेका हुन ।