ग्यास पाईपलाईन उद्घाटन गर्न प्रधानमन्त्री ओलि विराटनगरमा

काठमाडौं – घर घरमा पाइपलाईनबाट ग्यास पुर्याउने प्रतिबद्दता जनाएका प्रधानमन्त्री केपी शर्मा ओलिले मंगलबार विराटनगर महानगरपालिका वार्ड न.१४ का घरघरमा निर्माण गरिएको ग्यास पाइपलाईनको उद्घघाटन गर्न गएका छन् ।
महानगर १४ स्थित श्रीकृष्ण गौशालामा बनेको बायोग्यासको उद्घघाटन गर्ने भएका हुन्।
सो क्षेत्रमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ भने उत्पादक लागत करिब ८४ लाखको हाराहारिमा छ ।
तत्कालिन समयमा प्रधान मन्त्री के पि ओलिलाई हावादारी गफ बाडेको भन्दै केहि आलोचक हरुले आलोचना गरेका थिए तर अहिले सपना साकार भएको छ।
उक्त बायोग्यास वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले गौशालामा निर्माण गरेको छ