तीन बिना बिभागीय मन्त्रीले लिए सपथ

काठमाडौं । तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरूबीच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।

त्यस्तै प्याकेजमै सहमति गरेपनि नयाँ मन्त्रीहरु थपिने बताइएको छ ।