प्रचण्ड सरकारलाई दिएको समर्थन कांग्रेसद्वारा फिर्ता
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रधानमन्त्री दाहालले सोमवार पुरानो गठवन्धन तोडेर एमालेसँग नयाँ गठवन्धन बनाएका थिए । पुरानो गठवन्धनको प्रमुख घटक नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपसभापति तथा निवर्तमान कानूनमन्त्री धनराज गुरुङले पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका छन् ।