प्रधानमन्त्री ज्यू रमाइलो र रोइलो छाड्नूस्,काममा जोड दिनुस् :थापा

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेकामका कुरा र चुट्किला भन्दै नहिड्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले रमाइलो र रोइलो छाड्न र काममा वढी जोड दिन आग्रह गरेका हुन् ।

“प्रधामन्त्रीज्यूलाई आग्रह गर्छु, प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुहोस्,  अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुहोस्” गर्नुपर्ने काम गर्नुहोस् ।

संघीयता असफल प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलतासँगै प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।

प्रधानमन्त्रीज्यूले यत्ति बुझिदिए पुग्छ । उनले प्रधानमन्त्री ओलीको व्यक्तिगत संघीयता अन्योलताले संघीयता प्रणालीको भविष्यमा नै अन्योलता सिर्जना गरेको आरोपसमेत लगाए ।

नेता थापाले कर सम्बन्धी नियम त्रूटी र कमजोरी रहेको दावीसमेत गरे ।