आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइको भन्दै प्रचण्डप्रति पाण्डेको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइको भन्दै आपत्ति व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइको भन्दै आपत्ति व्यक्त गर्नुभएको हो । कांग्रेसको भोटले एक बर्ष सरकारमा बसेका व्यक्तिले अहिले कांग्रेस नै ठिक भएन भन्ने कुरा उचित नभएको उहाले बताउनुभयो । एमालेबाट बिद्रोह गरेर बिष पिएर माओवादीसंगको सहकार्यमा आएपनि बाटोमा छाडेर हिड्नु अनैतिक काम भएको उहाको भनाइ छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताउनुभयो । अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभयो ।