गजल
तिम्रो यादले मुटुनै जल्दा भित्ताको तस्विर छुन्छु
तिम्रै शरण परि गरेका वाचा औंला भाँची गुन्छु
वन डढ्ने हो आगोले मात्रै यो मन पिर चिन्ताले
मोती सरहका आँशुहरुलाई सँगाली परेली धुन्छु
बुझेन कहिल्यै खुकुरीले नी अचानोको पिरलाई
खस्दा टुक्रिएर भुई भरी हुँदा पलपलमा म रून्छु
भाग्य र कर्म भन्नु भन्नु उस्तै उस्तै लाग्दो रहेछ
त्यसैले होला शायद घरीघरी पागल जस्तै हुन्छु
खै कसरी खुशी रहुँ, फुट्दैछन सपना सिसा सरी
छैन आखिर यो भाग्यमा रमाउन भन्ने मात्रै सुन्छु ।
- शुचिता काफ्ले
काठमाडौं