पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको महासंघका एक पदाधिकारीले बताएका छन् ।

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेपछि नैतिकताका आधारमा पोखरेलले राजीनामा दिएको बुझिएको छ । निर्वाचनको कार्यतालिका पुनः ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा पनि हस्ताक्षर नगर्नु लगायतका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ ।

महासंघको सदस्यताको विवाद हल हुन नसक्दा निर्वाचन मिति तोकेर पनि हुन सकेको छैन ।