नेपाली काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक महासमितिबारे छलफल हुने
काठमाडौं- महासमिति बैठकबारे अन्यौल बढेपछि भाद्र ८ गते शुक्रबार नेपाली काँग्रेसले केन्द्रीय समिति बोलाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किए लगतै केन्द्रीय समिति बैठक बोलाइएको हो ।
यसैबीच सभापति देउवाले महासमिति बैठकका लागि आन्तरिक छलफल थालेका छन् । विधान मस्यौदा समिति गठन हुन नसक्दा महासमिति बैठक समेत अन्यौल बनेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार बस्ने बैठकले महासमितिको बाटो खोल्ने जानकारी दिएका छन् उनका अनुसार, यो बैठकले मस्यौदा समितिलाई समेत पूर्णता दिने बताइएको छ ।
महासमिति बैठक अन्यौल भएको भन्दै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सभापति देउवाको आलोचना गर्दै आएका छन् ।
कोइराला खेमाको समेत असन्तुष्टि बढ्दै गएपछि सभापति देउवा महासमिति बैठक बोलाउन सक्रिय बन्नु भएको बताइएको छ ।