भेनेजुएलामा ७.३ म्याग्निच्युडको भूकम्प
भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर ७.३ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रि सञ्चार माध्यमहरुले जनाएका छन्।
भूकम्पको शक्तिको विषयमा फरक फरक तथ्य बाहिर आएका छन्। अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमाप मापन गरेपनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन्।
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन्।
भूकम्पले के कति क्षति भयो, यकिन विवरण आइसकेको छैन। भूकम्पको धक्का १ मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।
भूकम्प गएपनि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्।