म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी जाने

 काठमाडौं- भदौ १४ र १५ गते हुने बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँदा म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरीसेनाले लुम्बिनीको भ्रमण गर्ने भएका छन् ।
बिमस्टेक सम्मेलन सकिएपछि उनीहरु लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।