पाँच प्रतिशत जनमत नभएकाले सत्ता चाहिएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले सत्ता कब्जा गर्न खोजेको बताएका छन् । मंगलबार दक्षिण एसियाली किसान फेरेडेसनको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम पाँच प्रतिशतभन्दा कम जनमत भएकाहरू लोकतान्त्रिक प्रणाली, कार्यविधि र कानुनीबाटो बिना नै व्यवस्था परिवर्तनमा लागेको बताएका हुन् ।
राप्रपालगायत राजावादीतर्फ इंगित गर्दै ओलीले भने ‘उनीहरूसँग पनि जनमत छैन । तिनीहरू मेक्सिमम् देआर अराउन्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्ज सिस्टम एन्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसिडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टु चेन्ज द गर्भमेन्ट । दे वान्ट टु क्याप्चर द पावर । त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरूमा अराजकताहरू देखिएको छ।’
अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मान्छेमा भएका असन्तुष्टिलाई बढावा दिएर अराजकहरूले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् ।