एन आई सी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16 योजना घोषणा

काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16’ योजना घोषणा गरेको छ ।

यस योजनामा सहभागी हुने ग्राहकहरुले iPhone 16 जित्न सक्ने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।

योजना अवधि समाप्त भएपछि गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै iPhone 16 प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।