राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुनस्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने राप्रपाले आफ्ना नेताहरूको रिहाइको माग सहित प्रदर्शन गर्न लागेको हो ।

राप्रपाको आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । आफ्नो पार्टीको प्रदर्शन शान्तिपूर्ण हुने उनले बताएका छन् ।

वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने जानकारी दिँदै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं ।’

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको लिङदेनले बताएका छन् ।