गठबन्धन दलबीच तालमेल र समन्वय हुनुपर्छ, प्रचण्डले भनेर सत्ता बन्ने र ढल्ने होइन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरु समेत सहभागी वैठकले गठबन्धन दलबीच अझ समन्वय र सन्तुलन हुनुपर्ने निष्कर्ष निकालेको छ।

सरकारबारे पार्टीका नेताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका बेला बसेको वैठकले सरकारको पर्फमेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दलबीच अझ समन्वय र सन्तुलन हुनुपर्छ भन्ने निष्कर्ष निकालेको बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता डा. रामशरण महतले बताएका छन् ।

गठबन्धन भन्नेबित्तिकै एउटै दलको सबैथोक हुँदैन चाहे प्रधानमन्त्री भएको दल नै किन नहोस् भन्दै उनले त्यसमा समन्वयको आवश्यकता छ र सबैको कुरा समेट्नुपर्ने आवश्यकता रहेको बताए । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता रहेको बताएका छन् ।
त्यस्तै उनले विपक्षी दलका नेता प्रचण्डको भनाइप्रति इंगित गर्दै विपक्षी दलले सरकार ढले आफूहरु सरकारका जान पाइन्छ भन्ने अपेक्षा गर्नु स्वभाविक भएको बताउँदै प्रचण्डले भन्दैमा सरकार बन्ने र ढल्ने नहुने स्पष्ट पारे ।