सिंहदरवारबाट पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देनसहित सातै जनालाई छाडियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताएका छन् ।

छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् । उनीहरुले सिंहदरबारभित्रै संसदीय दलको कार्यालयबाट निस्केर प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राप्रपाले राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको थियो ।

प्रदर्शनकारीले ब्यारिगेटको अवरोध पन्छाउने प्रयास गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर तितरवितर पारेको थियो ।