२८ जना स्वाइन फ्लुका बिरामी
भरतपुर – चितवनमा इन्फ्लुयन्जा ए ९एच वान एन वान० अर्थात् स्वाइन फ्लुका २८ जना बिरामी भेटिएका छन् ।
चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका हुन् ।
“गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”, कलेजका प्रयोगशाला प्रमुख डा। सन्जय यादवले भने ।
यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हँुदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हँुदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ ।
तर चितवनमा यो रोगले मानिसको ज्यान लिएको छ वा छैन भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन । चितवन मेडिकल कलेजमा अहिले पनि यो रोगबाट जटिल अवस्था भएका सात ÷आठ जना बिरामीले आईसीयूमा उपचार गराइरहेका छन् ।
जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालमा यो रोगका लागि परीक्षण गर्न विशेष युनिट नै स्थापना भएको छ । अस्पतालका रिसर्च टेक्नोलोजिष्ट जेसी राना मेडिकल कलेजका विरामी योे सूचीमा नआएको बताउछन ।
“सरकारी अस्पतालमा भदौको पहिलो पाँच दिनमै ५२ वटा गरिएको नमुना परीक्षणमा इन्फ्लूयन्जा ए का बिरामी १३ जनामा देखिएको छ”, रानाले भने ।
इन्फ्लूयन्जा ए भित्र एच वान एन वान पनि पर्छ ।
यसको आधिकारिक पुष्ट्याइ भने काठमाडाँैमा थप परीक्षण पछि मात्रै भन्न सकिने रानाले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।