बलात्कारपछि हत्या , आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुरमा कर्फ्यू

कञ्चनपुर -आन्दोलनले उग्र रुप लिएपछि  कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा अहिले कर्फ्यू आदेश जारी गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानप्रति प्रश्न उठाउँदै सुरु भएको आन्दोलनले नियन्त्रण भन्दा बाहिरको स्थितिमा पुगेपछि बिहीबार दिउँसोबाट अर्को सूचना नआउन्जेल सम्मका अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन्