महेन्द्रनगरमा प्रदर्शन हिंसात्मक बन्दै,सुरक्षा समितिको बैठक बस्दै

कञ्चनपुर- सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले भीमदत्त नगरपालिका क्षेत्रमा जारी गरिएको कफ्यु यथावथ रहेको जानकारी दिए ।

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा शुक्रबार साझ महेन्द्रनगरमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ निम्बुखेडाका १८ वर्षिय शन्नी खानको मृत्यु भएपछि प्रशासनले कफ्यु आदेश जारी गरेको हो ।

प्रहरी उपरिक्षक कडायतका अनुसार अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न अहिले बिहान साढे ७ बजे जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । शुक्रबार प्रर्दशनका क्रममा १ जनाको मृत्युको हुनुका साथै झण्डै २० जना घाइते भएको बताइएको छ ।