निर्मला पन्तका हत्यारालाई कारवाहिको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)
काठमाडौँ- भदौ ९ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निमर्ला पन्तका लागि न्यायको माग गर्दै काठमाडौँमा शनिबार प्रदर्शन गरिएको छ ।
बलात्कारको विरोधमा रहेका समाजिक अभियन्ताहरुको आयोजनामा जनताको भेला नाम दिएर निर्मलाको न्यायका निमित्त माइतीघरबाट बानेश्वरसम्म बिरोध र्याली भएको हो ।
निर्मला पन्तको बलात्कार तथा हत्या सम्बन्धमा सत्य तथ्य निकाल्नका लागि सरकारले समिति त गठन गरेको छ । तर प्रदर्शनकारीले उठाएका अपराधीको ढाकछोप गरिएको भन्ने आरोपको सत्यताबारे समितिले खोतल्ने छ वा छैन भन्नेमा सबैको चासो छ ।