नेपाली कांग्रेसको महासमिति बैठक आउदो मंसिरको पहिलो साता काठमाडौंमा हुने
काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक आउदो मंसिरको पहिलो साता हुने भएको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ५ देखि ९ मंसिरसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए । यसअघि वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।
शनिबार बसेको बैठकमा विधान संशोधन मस्यौदा समितिमा दुईजना जिल्ला सभापतिहरु थप्ने निर्णय पनि गरेको छ । समितिमा जिल्ला सभापतिहरुको प्रतिनिधित्व नभएको भन्दै शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।
समितिमा मनोनित गरिने जिल्ला सभापतिहरुको भने अहिले नै टुंगो लागेको छैन् । भदौ ७ गते कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो