स्वास्थ्यकर्मीको गुनासो
गुल्मी÷ गुल्मीदरबार गाउँपालिका गाउँ कार्यपालिका स्वास्थ्य शाखाले आ.व.०७४÷ ७५को बार्षिक प्रतिबेदन प्रस्तुत गरेको छ । गाउँपालिका भित्रका ६ बटा बडाका अ.हे.ब.हरुले आ आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । सबै बडाका अ .हे.ब.हरुले आ आफ्नो धारणा राख्ने क्रममा बडा न.३ का अ.हे.ब.डुङ्गागि राज पन्थीले आपूmजस्ता स्वास्थ्यसेवीहरूलाई सेवा सुविधा अति कम भएको गुनासो राख्नुभयो । गाउँपालिकामा करारमा रहेका कर्मचारीले जजति पनि सेवा सुबिधा नपाएको उहाँको गुनासो थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सो गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले स्वास्थकर्मीलाई चाहिने आवश्यक सुबिधा गाउँपालिकाले उपलब्ध गराउने आश्वासन दिनु भयो । सो कार्यक्रमका अध्यक्ष तथा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले अहिलेसम्म गरेका काम सन्तोषजनक रहेको बताउँदै स्वास्थ्यकर्मीलाई कुनै पनि सेबा सुबिधाबाट बन्चित नगराउने वातावरण सिर्जना गर्न लागिएको जनाउ दिनुभयो । साथै उहाँले सोही अवसरमा यस गाउँपालिकाले गरेका राम्रा कामको प्रचार गर्न सन्चारमाध्यमले कञ्जुस्याइँ गरेको गुनासो पोख्न पनि छुटाउनु भएन । कार्यक्रमको सहजीकरण यसै गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख नारायण अर्यालले गर्नुभएको थियो ।