योनी रसबाट बियर
पोल्याण्डको एक कम्पनीले योनी रसबाट बियर उत्पादन गर्न थालेको समाचार सार्वजनिक भएपछि यसले धेरैलाई अचम्मित बनाएको छ । योनी रसबाट बियर बन्छ भन्दा जोसुकैलाई पनि अपत्यारिलो र अचम्म लाग्नु स्वभाविक हो । तर द अर्डर अफ योनी नाम गरेको बियर कम्पनीले यस्तो वियर उत्पादन मात्र होइन बजारमै ल्याएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि यसले चर्चा र विवाद दुवै पाएको छ । केही मानिसहरुले यसको खुलेर विरोध गरिरहेका छन् भने केहीले राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचार अनुसार योनी बियरमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । यसमा दुई हट मोडलहरु मोनिका र पाउलिनाको योनीको ब्याक्टेरिया प्रयोग गरिएको बताइएको छ । यौनाङ्गको ब्याक्टेरियाले कुनै पनि हानी नगर्ने र यसले ल्याक्टिक अम्ल बनाउने काम गर्ने बताइएको छ । ती मोडलहरुको यौनाङ्गबाट महिला चिकित्सकले योनी रस निकाल्ने र त्यसलाई ल्याबमार्फत ल्याक्टिक अम्ल निकाल्ने गरेको समाचारमा जनाइएको छ । सोही ल्याक्टिक अम्ल बियरमा प्रयोग गर्ने गरिएको बताइएको छ ।
बोटल्ड लस्ट र प्यासन गरी दुई प्रकारको बियर उत्पादन गरिएको बताइएको छ । यी दुवै बियरमा आठ प्रतिशत अल्कोहल हुने बताइएको छ । लस्टमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको र प्यासनमा मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको बताइएको छ ।