फोहोर बोक्ने टिपरको ठक्करबाट ओखरपौवामा एकको मृत्यु
काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बोक्ने टिपरले ठक्कर दिँदा नुवाकोट ककनी गाउँपालिका–२ का ४९ वर्षीय पदम बलामीको निधन भएपछि ओखरपौवा अहिले तनावपूर्ण बन्न पुगेको छ ।
काठमाडौँ उपत्यकाको फाहोर नुवाकोट को सिसडोल ल्याण्डफिल साइड पुर्याउने क्रममा बिहान तीनपिप्ले–सिसडोल सडक खण्डमा ठक्कर दिएको र बलामीको मृत्यु भएको नुवाकोट प्रहरी जनाएको छ ।
प्रहरिका अनुसार अहिले मृतकका आफन्त र काठमाडौँ महानगरपालिकाबीच सहमतिको प्रयास भइरहेको छ । दुर्घटनामा दिवंगत भएकाको क्षतिपूर्ति नपाएसम्म मृतकका आफन्तले फोहोरका गाडी चल्न दिएका छैनन् ।
दुर्घटनालगत्तै उपत्यकाबाट फोहोर बोकेर सिसडोल पुगेका ट्रक तीनपिप्लेबाटै फर्किएका छन् भने फोहोर फालेर फर्किएका गाडी बाटैमा रोकिएका छन् । फोहोरका गाडी बाटैमा अलपत्र परेपछि काठमाडौँ उपत्यकाको फोहोर उठ्न ठप्प भएको छ ।