प्रदेश ५ः विशेषाधिकार समितिको सभापतिमा कमलराज श्रेष्ठ चयन

बुटवल– प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।

गुल्मी क्षेत्र नम्वर एकको ‘ख’ बाट विजयी श्रेष्ठ नेकपाको तर्फवाट प्रतिनिधित्व गर्छन् । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवम् सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्तीमगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका थिए । समितिमा ११ जना प्रदेशसभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।