सुत्केरीलाई अण्डा

पाल्पा- तिनाउ गाउँपालिकाले गर्भवती महिलालाई अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने नीति लिएको छ ।

गाउँपालिकालाई शुन्य होम डेलिभरी अर्थात घरमा सुत्केरी हुनेको संख्या शुन्य बनाउने उद्धेश्यका साथ अनिवार्य रुपमा गाउापालिका भरीका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउने नीति गाउँपालिकाले लिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी हुँदा गर्भवती महिला तथा बच्चाको मृत्यु कम हुनुका साथै आमा र बच्चाको स्वास्थ्य समेत राम्रो हुने भएकोले यस गाउँपालिकाले शुन्य होम डेलिभरी कार्यक्रम सुरु गरेको छ ।

सोहि कार्यक्रम अन्तर्गत रहेर महिलाहरुलाई नै सक्रिय बनाउन गर्भवतीलाई अण्डा प्रदान गर्न लागेको हो । अण्डाले बच तथा आमाको पोषणमा सुधार आई स्वस्थ बच्चा जन्मनर हुर्नन सक्ने विश्वास लिएको छ ।