सिटिजन्स बैङ्क इन्टरनेशनल न्यूरोड शाखाका कर्मचारी र सुन ऋणि पक्राउ

काठमाडौ-सिटिजन्स बैङ्क इन्टरनेशनल न्यूरोड शाखाका कर्मचारी र सुन ऋणिको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुन समेत राखी बिभिन्न समयमा ऋण प्रबाह गरी बैङ्कलाई हानी पुर्याउने ति ब्यक्तिलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
नेपाल प्रहरिको केन्द्रिय अनुसन्धान ब्युरोले सिटिजन्स बैङ्क इन्टरनेशनल लाई रु २ करोड २८ लाख ३८ हजार ४०१ रुपैयाँ हानी पुर्याउने ६ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा बैङ्कका कर्मचारिहरु सुन जाचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाचक विन्देस शाक्य,प्राइम कमर्सियल बैङ्क गोल्ड अडिट बिभागका अमित राज बज्राचार्य,ऋणि मोरङ शनिश्चरेका लभ बराइली र शङ्खुवासभा  चैनपुरका उमेशराम बराइली छन।
पक्राउ परेकालाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैङ्किङ कसुर तथा सजाय एनबमोजिम अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।