बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दिउँसो ११ बजे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चा दिउसो १.४० बजे, म्यान्मारका राष्ट्रपति यु विन मिन्ट अपरान्ह ४ बजे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ बजे स्वदेश फर्किने कार्यतालिका छ ।

बिम्स्टेक शिखर सम्मेलनमा सहभागि हुन आउनुभएका सरकार प्रमुखका श्रीमतीले भने आजै पाटन दरवार स्क्वायरको अवलोकन गर्ने बताइएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले बिमस्टेकमा सहभागि हुन आएका विदेशी फष्टलेडीलाई पाटन दरवार घुमाउने कार्यक्रम राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशी पाहुनाको विदाइका कारण अपरान्ह १२.३० देखी साँझ ६ बजे सम्म काठमाडौको सडक जाम हुन सक्ने ट्राफिकले जनाएको छ ।