प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन अनिश्चित
काठमाडौंः संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।
संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ १७ गतेका लागि तय गरिएको समिति सभापतिहरूको निर्वाचन दोस्रोपटकका लागि स्थगित भएको हो।
यसअघि १३ गतेका लागि निर्वाचनको मिति तय गरिएको थियो। राजनीतिक दलहरूबीच कुन समितिको सभापति कसले लिने र कुन सांसदलाई उक्त जिम्मेवारी दिने भन्ने सहमति हुन नसकेपछि सभापति निर्वाचन दोस्रोपटक अवरुद्ध भएको हो।
संसद सचिवालय स्रोतले पनि उक्त कुरा स्वीकार गरेको छ। सचिवालय स्रोतका अनुसार संसदमा सहभागी पाँच राजनीतिक दल र मूख्यतः नेपाल कम्युनिस्ट पार्टीभित्र कुन समितिको सभापति कुन सांसदलाई दिने भन्ने सहमति हुन नसक्दा सभापति चयन प्रक्रिया दोस्रोपटक स्थगित भएको जनाइएको छ ।
अब सम्मेलन सकिएपछि तीव्रताका साथ सभापति चयनमा लाग्ने तयारी भएको छ। प्रतिनिधिसभा अन्तर्गत १० ओटा विषयगत समिति रहेका छन्।