सिङ्गापुरले नेपालसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ – एशिया कप छनौट अन्तरगत सिङ्गापुरले नेपालसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुर मात्र ४२ ओभरमा १ सय ५१ रनमा सिमित बनेको हो ।

सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।त्यसपछि कप्तान चेतन रामचन्द्र सूर्यवंशी तथा अनिश एडवार्ड पारामले सिङ्गापुरको पारीलाई सम्हाल्ने प्रयास गरे ।

सूर्यवंशीले सर्वाधिक ६० तथा पारामले ३१ रनको योगदान दिए । सूर्यवंशीले ८८ बलमा ८ चौका र १ छक्का हिर्काए ।खेलको अन्त्यतिर कार्तिकेन सुब्रमनियनले २० रन बनाए ।

तर, ललित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिएपछि सिङ्गापुरको पारी धर्मरायो । सोमपालले २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए ।

यसअघि, दुई खेल हारेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

अब नेपालले हङकङसँग १९ गते खेल्नेछ ।