सिल गरिएको बाजेको सेकुवा आजबाट संचालनमा
काठमाडौं– बन्द भएको साढे २ महिनापछि काठमाडौं उपत्यकामा रहेको बाजेको सेकुवाको सबै शाखाहरु आजबाट संचालनमा आएको छ।
भदौं १३ गते सर्वोच्च अदालतले सबै शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश दिएपछि आजबाट काठमाडौं उपत्यकामा रहेका सबै १० वटै शाखा संचालनमा आएको हो।
बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्धारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो।