तीन सय रुपैयाँमै सम्पन्न भयो विवाह

काठमाडौंः सुन्दा अचम्म लाग्ला तर अचम्म मान्नु पर्दैन ।

आज काठमाडौंको गुहेश्वरीमा यस्तै दृश्य देखिएको छ जहाँ दुलाहा र दुलहीले तीन सय रुपैयाँमा आफ्नो विवाहबारी सम्पन्न गरेका छन् ।

यसरी तीन सय रुपैयाँमा विवाह गर्ने पात्र हुन् समता शिक्षा फाउन्डेसनका सञ्चालक तथा शिक्षा अभियन्ता उत्तम सञ्जेल जसले अर्बपति उपेन्द्र महतोसमेतलाई साक्षी राखेर गुहेश्वरी मन्दिर परिसरमा बिहे गरेका छन्।

दुलाहा सञ्जेल टि–सर्ट, पाइन्ट र चप्पलमा देखिएका छन्। दुलही कला कुर्तासुरुवाल, चप्पल र घुम्टो ओढेकी छिन्।

कति थिए त जन्ती ?
जन्तीका नाममा १० जना त्यो पनि नेपाली समाजका बरिष्ठ पात्रहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गनुरेल, सिताराम कट्टेल, गुणराज लुइटेल लगायत।

के–के थिए त बिवाहका सामाग्री
२५ रुपैयाँमा सिन्दुर
७५ मा पोते
२०० सयको माला