कम्युनिष्टहरु पैसालाई केन्द्रमा राख्ने वर्ग जन्माउँदैछन्ः पौडेल (भिडियो सहित)

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउन लागेको बताएका छन् ।

तनहुँको आँबु गाउपालिकाका विभिन्न स्थानमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पैसालाई केन्द्रमा राख्ने राजनीति भइरहेकाले राजनीति पार्टी जनताको नजरबाट गिर्दैै गएको बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट सरकार त्यही पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउदैछन् । यो वर्ग नै अब लोकतन्त्रका लागि सवै भन्दा खतरा हुन सक्छ । पार्टीको पार्टीहरु सक्ने ग्राण्ड डिजाइन भइरहेको छ । पार्टीका एक एक नेतालाई सिध्याएर पार्टी राजनीति र लोकतन्त्र सिध्याउने खेल भइरहेको छ ।’

पौडेलले कांग्रेस नेता कार्यकर्ताहरुलाई आचरणलाई सुधार गरेर अब नयाँ कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह समेत गरे । उनले भने, ‘पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ । राजनीति पार्टी जनताको नजरमा गिर्दै गएका छन् यसबाट जोगाउने मेरो लक्ष्य हो । आजको आवश्यकता पनि यही हो । पैसालाई केन्द्रमा राखेर राजनीति गयो भने देश दुर्घटनामा जान सक्छ । हिजो मैले पार्टीको नीतिमा रहेर काम गरे ।

संविधानसभामा कम्युनिष्टहरुसंग झगडा गरेर लोकतान्त्रीक संविधान बनाएको हो । चुनावका बेलामा हिजो साथीहरुबाट गल्ती भएको हो । अब त्यो विषयमा पश्चताप गरेर पार्टी संगठनमा लाग्नुस ।’

वरिष्ठ नेता पौडेलले नेपाल वायु सेवा निगममा वाइडवडि खरिदमा भएको घोटलाको छानविनको माग समेत गरेका छन् । उनले भने, ‘ कम्युनिष्टहरुले हिजो लाउडाको नाममा कांग्रेसलाई बदनाम गराए आज त्यही नेपाल बायू सेवा निगममा वाइडवडि जाहाज किन्दा भएको घोटलामा किन सवै चुप भएका छन् । वाइडवडि जाहाज खरिदमा भएको घोटलाको तत्काल छानविन हुनुपर्छ ।’

पौडलले राजनीतिलाई भ्रष्टीकरण नेताहरुका कारण भएको जिकिर गर्दै भने, ‘राजनीतिलाई भ्रष्टीकरण गर्न कस्ले कति सहयोग पुयाएका छौ सवैले छातिमा हात राखेर म म गरौ । राजनीति पार्टी प्रति जनताको वितृष्णा किन बढिरहेको छ । त्यसलाई रोक्न हामी सवैको जिम्मेवारी हो ।’

वरिष्ठ नेता पौडेलले चुनावका बेलामा सवै बाटाहरु २ महिनामा कालोपत्रे गर्छौ भन्नेहरुले विकासका काम अलपत्र छोडेर हराएको बताए । ‘हिजो चुनावमा दुई महिनामा सवै सडक कालोपत्रे गछौ भन्नेहरु आज कता हराएका छन् आज तनहुँमा विकासका काम के भइरहेका छन् । विगतमा विकासमा तनहुँले कोल्टे फेरेको थियो तर आज के भयो । ब्यास परासर पर्यटन गुरुयोजना बनाएर हामीले तनहुँलाई पर्यटनको हब बनाउन खोजेका थियौ । तर त्यो हुन सकेन ।’ पौडेलको भनाई थियो ।