नेपाली ब्याकरण तिज गित [भिडियोसहित]
काठमाडौं–राजधानीको एउटा स्कुलले नेपाली व्याकरणका नियमलाई सजिलो ढंगले सबैले बुझ्ने गरी तीज गीत नै बनाइदियो ।
तीज गीतमा चेलीले दुःख पाएको कथा त सुनिएकै हो । पछिल्ला वर्षहरुमा तीज गीतमा धरै जसो समाज, राजनीतिसँगै प्रविधीका कुरा पनि सुनिन्छन् ।
तर, यसपाली भने राजधानीको एउटा स्कुलले नेपाली व्याकरणका नियमलाई सजिलो ढंगले सबैले बुझ्ने गरी तीज गीत नै बनाइदियो ।
काठमाडौंको शंखमुलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमीका नेपाली पढाउने शिक्षक विमल घिमिरेले तीज गीतमा ह्रस्व र दीर्घ कसरी लेख्ने भन्ने नियमलाई शब्द बनाइदिए । सुरुमा उनले ह्रस्व लेख्ने नियम यसरी सिकाए ।
ह्रस्व लेख्न नियम सिकाएपछि उनले दीर्घ यसरी लेखौ भन्दैछन् ।
शिक्षक घिमिरेले रचना गरेको उक्त गीतमा राजकुमार घिमिरेले लय मिलाएका छन् ।
शारदा पराजुलीले गाएकी छन् भिडियोमा स्कुलका विद्यार्थी र शिक्षकहरु समेत नृत्य गरेको देख्न सकिन्छ ।
गीत
साधरण नियम यो सुरुको र बीचको ।
ह्रस्व हुन्छ अन्तिमको दीर्घ बरिलै ।।
हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद ।
पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात ।।
अन्त्यमा ‘इक’ आए सबै ह्रस्व लेखिदेउ ।
‘निर्भीक’ ‘प्रतीक’ अलग्गै हुन्, यिनलाई छाडिदेऊ ।।
ति, धि, नि, पि, वि ष्टि आएमा अन्त्यमा ।
ह्रस्व बनाऊ, यस्ता शब्द तत्सम भएमा ।।
सर्वनाम, विशेषण, पेसा, जात, भरीलाई ।
क्रियापदको अन्तिममा दीर्घ बरिलै ।।
अन्त्यमा ‘ही’ आएमा, सबै दीर्घ लेखिदेऊ ।
चाहिं मात्रै अपवाद हो, यसलाई छाडिदेऊ ।।
अनीय, ईय, ईन, शील जस्ता प्रत्यय ।
बीचको ईकार दीर्घ अवश्य ।।