वडाध्यक्ष अर्कैकी श्रीमतिको काँखमा भेटिए पछि…..

प्रेम सुनार
बुटवल- बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काँखमा भेटिए पछि त्यस वजारमा अहिले निकै हंगामा चलिरहेको छ ।  बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमति संग कोठामा सगै बसेको भेटिएका हुन । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास संग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टाँई  गरे ।
यादवले भने‘ उनका श्रीमान मानबहादुरले  आज दिउँसो तिन बजेको समयमा उनिहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खवर गरे पछि हामीहरुले वडाध्यक्ष र ति महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं । ’ यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन । उनले भनेका छन –‘ उनले बोलाए पछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन । ’
  उनका श्रीमान बिदेशमा थिए । चार पाँच महिना अघि घर आएका उनले श्रीमतिको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर उनकी श्रीतिको घर  निसीखोला गाउपालिका १ हर्पे  हो । श्रीमान विदेश हिडे पछि दुई छोरा छोरी पढाउन भन्दै वुर्तिबाङ्गमा छोरा छोरी पढाउन भन्दै डेरा गरी बसेका थिए ।  आफ्नो कोठामा वडाध्यक्ष  आपत्तीजनक  स्थितिमा  यौजन्य क्रियाक्लाव गरेको अवस्थामा भेटिएको भन्दै  प्रहरीमा  उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।