बागलुङका युवाको शिर छेदन गरी हत्या
गुल्मी– बागलुङका एक युवाको शव शिर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाडौंमा फेला परेको छ ।
बुर्तिवाङ्ग घर भई काठामाडौंको सानो भयाङ्गमा हजुर बुवा हजुर आमासँग बस्दै आएका २२ वर्षीय संगिन जिसीको शव स्वयम्भुको जंगलमा टाउको चुँडालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
मृतक जिसी रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिडेका थिए । फोन स्वीचअफ गरेका उनी घर नफर्केपछि अर्को दिन उनका हजुर बुवाले महानगरीय प्रहरी बृत्तृमा खोजीका लागि निवेदन दिएका थिए ।
भदौ १७ गतेका दिन वालवालिकाहरुले स्वयम्भु जंगलमा शव देखे पछि प्रहरीलाई खवर गरेका थिए । महानगरीय प्रहरी प्रहरी बृत्त स्वयम्भुका अनुसार, बोगटीको परिवारले दिएको हुलियाका आधारमा जिसीको कपडा र चप्पलका आधारमा पहिचान भएको हो ।
मृतकका बाबु मिनबहादुर जिसीका अनुसार छोराको हत्या कुनै नियोजित ढंगले भएको छ । मृतकको परिवारले हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेका छन ।