नदीले गरेको कटानको निरीक्षण
चितवन÷चितवनमा पनि निजामती सेवा दिवश भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार सो दिवशका अवसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीको उल्लासपूर्ण सहभागिता थियो ।
सोही दिन प्रजिअ बस्नेत लगायतको टोली भरतपुर महानगरपालिका वडा नं. २८ र २९ मा नारायणी नदीले गरेको कटानको निरीक्षण गर्न पुगेको थियो । रोकथाम र नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला सक्रिय रहेको पनि सूचना अधिकारी सिंखडाले बताउनु भयो ।
साथै, गुल्मीदरबार गाउँपालिका गुल्मीमा पनि सेवामैत्री प्रशासन, संघीयतामा सुशासन भन्ने नाराका साथ निजामती सेवा दिवश सम्पन्न भएको हाम्रा प्रतिनिधि नवीन कार्कीले जनाएका छन् ।