पाल्पामा किन मनाइन्छ विजयोत्सव

पाल्पा÷नेपालले अंग्रेजलाई युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पाको तानसेनमा श्री ७ रणउजीश्वरी भगवती रथयात्रा निकाली विजयोत्सव मनाईएको छ । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट सिन्दुर जात्रा गरी विजयोत्सव मनाउँदै आएको पाईन्छ । अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरेको इतिहास रहेको छ । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको हो ।
कृष्णजन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरबार हातमा लिई रथ परिक्रममा राखिने भगवतीको मूर्तिलाई खटमा राखि भोलिपल्ट शुभसाइतमा सेनाको गोरख दलले बढाइका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने गरिन्छ । वि.सं. १८७६ देखि निरन्तर रुपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको छ । कर्णेल उजीरसिंह थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्र बाहु भएको महिषाशुर मर्दिनी भगवती सामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहास रहेको छ । यस वर्ष दुई सयौं संस्करणको रुपमा भगवती जात्रा मनाईएको हो । गोरख दलले भगवतीको रथलाई सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि रथ निकालिएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बली चढाएपछि तानसेनको परिक्रमा गराइएको थियो । रथलाई कुमाल समुदायका युवाहरुले काँधमा बोकी नगर परिक्रमा गराएका थिए । जात्राको अघिल्लो दिन अर्थात् कृष्णजन्माष्टमीका दिनदेखि नै एसियाको ठूलो ढोका मानिने मुल गेट खुला गरिएको थियो ।
पञ्चेबाजा, लाखेनाच, भजनकीर्तन सहितको साँस्कृतिक झाँकीले रथयात्रालाई नगर परिक्रमा गराइएको हो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई बिसर्जन गरिएको थियो । रथलाई मध्यरातमा पञ्चवलीसहित सलामी अर्पण गरी विधिवत् रुपमा पूजा आरधाना गरिएको थियो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो । जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाहरुबाट श्रद्धालु यहाँ आएका थिए ।
रथयात्रा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती जिल्लाबाट निर्वाचित प्रदेश सांसद, लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत जात्रामा सहभागिता रहेको थियो । जात्रामा करिब ५ हजार भक्तजनहरुले प्रत्यक्ष अवलोकन गरेका थिए ।