शशी पन्थी र किरण पुस्तकालय
गुल्मीः एउटा १७ बर्षको ढोटे किशोर जसले जति बेला पुस्ताकालय खोल्दै थिए त्यति बेला उनी खिसी टिप्रीका पात्र बनेका थिए । ठुलो शहर पनि होईन पहाडी जिल्ला गुल्मीको सदरमुकाम तम्घास थियो । जति बेला विद्यालयमा समेत पुस्ताकालयको कल्पना थिएन ।
विद्यालय समेत छाप्राहरुमा चल्दै थिए । त्यस्तो बेला आर्थत २०२५ सालमा आफु जस्ता केहि साहित्य प्रेमी र विभिन्न प्रकारका पुस्तक तथा पत्र पत्रिका प्रेमी तम्घास धागीथुमका शशी पन्थीले एसएलसी उतिर्ण गरे पछि किरण पुस्ताकालयको स्थापना गरेका थिए ।
उनले त्यस पुस्ताकालयमा देशका विभिन्न भागबाट प्रकाशित हुने पत्र पत्रिका समेत पढ्नका लागि उपलब्ध गराउँदै आए । त्यसले तत्कालिन अवस्थादेखि अहिलेसम्म साँच्ची किरणको काम गर्दै आएको छ । उनि आफैले स्थापना गरेको किरण पुस्ताकालय अहिले उनैको पालामा स्वर्ण महोत्सवको संघारमा पाईला टेक्यो । त्योसँगै उनले हाम्रो पुरुषार्थ नामक पत्रिकालाई राष्ट्रिय स्तरको ‘क’ वर्गको पत्रिका बनाउन सफल हुँदै आएका छन ।
जति बेला हाम्रो पुरुषार्थ बार्षिक, अर्ध–बार्षिक थियो । त्यति बेला उनि बुटवल सम्म हिडेर छाप्न पुग्थे । मोती जयन्ती एवं किरण पुस्ताकालयको स्वर्ण महोत्सवको अबसमा आयोजित कार्यक्रमका बक्ता प्रदेश सांसद तथा उनका समकक्षी खड्ग केसी भन्छन– ‘उहाँलाई मैले त्यो पत्रिका छाप्नका लागि बुटवलमा हिडेर मात्र होईन बनरस सम्म पुगेको देखेको स्मरण अझै गर्छु म । उहाँको योगदानको जति तारिफ गरे पनि कम हुन्छ ।’
अहिले पाक्षिक प्रकाशित हुँदै गरेको त्यस पत्रिका देशका विभिन्न क्षेत्रका साहित्यीक र बौद्धिक ब्यक्ति सम्म पुग्ने गरेको छ । त्यस पत्रिकाको निरन्तर यात्रा ४५ बर्ष भयो अहिले । अर्का सांसद तथा प्रदेश ५ का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठ भन्छन हामीहरु त पदले मानमानिय भएका हौं, योगदानले उहाँ माननिय मात्र होईन सम्माननिय हुनुहुन्छ ।
प्रज्ञा सदस्य डाक्टर तुल्सी भट्टराईले शशी पन्थीको योगदान शव्दमा ब्याख्या गर्न नसकिने धारणा राखे । रेसुङ्गा बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख पन्थीलाई साथ दिँदै आए अर्का पूर्व क्याम्पस प्रमुख भाई दीन पन्थीले पनि त्यति नै ।
त्यसमा अरु थुप्रै ब्यक्तिहरुको पनि उनलाई साथ रह्यो । आज कार्यक्रमका प्रमुख बक्ता सांसद श्रेष्ठले पन्थीका हिजोका ति सर्घषका दिनहरुको स्मरण गराई रहँदा पन्थीले कार्यक्रम स्थल मै गहभारी आँशु पारेका थिए । उनी आफैले भने यति लामो यात्रा र संघर्षबारे केहि कुरा ब्यक्त गर्न सकेनन् ।
शशी सरको सपना पुरा गर्छौः मन्त्री बिष्ट
केहि दिन अघि मन्त्री निवास पुल्चोकको भेटमा यसै समाचारदातासँग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले किरण पुस्ताकालय गुल्मीको गहना भएको बताउँदै थिए । उनि भन्दै थिए शशी सरलाई भनि दिनु हामी उहाँले स्थापना गरेको किरण पुस्ताकालयमा भने जस्तो भवन बनाउने तयारीमा छौं ।
तम्घासको मुटु लाँकुरी मञ्चमा भव्य हल सहितको भवन बनाउने कार्यको तयारी हुँदैछ । आज भानु जयन्तीको अवसरमा उनले रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र नेकपाका नेता हिरा एसी संग पनि त्यही सन्देश प्रवाह गरी दिन आग्रह गरेको ति दुई वक्ताहरुले बताउँदै थिए ।
मन्त्री बिष्टले तम्घासमा एउटा बिशाल सभाहल बनाउने तयारीमा पनि लागेको बताउँदै थिए । अर्का परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले पनि मदन भण्डारी लोक मार्ग, रेसुङ्गा विमान स्थल, कालिगण्डकी कोरिडोरले गुल्मेली जनताको समृद्धिको ढोका खोल्ने मन्त्रालय कै कार्यकक्षमा पुगेका गुल्मीबासीहरुसंग बताउँदै थिए । प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि संघिय मन्त्री सहित प्रदेशबाट हुने जिल्लाको विकास योजनाहरुलाई प्राथामिकतामा राखेर काम गरेको बताएका छन ।
- प्रेम सुनार