तय भयो नेविसंघको १२ औं महाधिवेशनको मिति

काठमाडौं – नेपाल कांग्रेसको भातृ संस्था  नेविसंघ यतिबेला १२ औं महाधिवेशनको लागी जुट्दै छ । लामो समय देखि हुन नसकेको महाधिवेशन मिति।
यही कार्तिक १६,१७ र १८ गते तय भएको छ । नेविसंघ भित्र देखिएको उमेरहदको विषयलाइ सम्वोधन गरी नेविसंघ संघ भित्र देखिएको उमेरहद हट्ने निर्णय गरेका छ ।

उमेर हद लगाएर राजनीति गर्न बन्देज लगाएको भन्दै लामो समयदेखि चर्को बहस हुँदै आएकोमा अन्ततः उमेर हद हटाइएको हो ।

बैठकले प्रस्तावित बिधान र नियमावलीमा ३२ बर्षको हदबन्दी हटाएसँगै अब उमेर हद रहने छैन ।

यसैबीच महाधिवेशनको कार्यतालिका सार्वजनिक समेत भएको छ। नेविसंघको तीन दिनसम्म नेपाली कांग्रेसको मुख्यालय विपीनगर सानेपामा बसेको नेविसंघ केन्द्रीय समितिको वैठकले संघको १२ औं महाधिवेशन यही कार्तिक १६,१७ र १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।