रातो पासपोर्टको दुरुपयोग रोक्न संयन्त्र खोज्दै

काठमाडौँ- प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा विदेश भ्रमणमा जाँदा सहजरूपमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने माग गरे सांसदले जनताको मत लिएर जनताकै कामको सन्दर्भमा विदेश भ्रमणमा जानुपर्ने भएकाले सांसदको कूटनीतिक राहदानी हुँदा राष्ट्रकै इज्जत बढ्ने उहाँहरूको तर्क छ ।

माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ ।

उहाँहरूले त्यस्तो प्रबन्ध हुने गरी विधेयक संशोधनका लागि माग गर्नुभएको हो ।

सांसदलाई निर्वाचित भएपछि कार्यकालभरि स्वतः त्यस्तो राहदानी दिने वा कुनै निश्चित कार्यक्रमको कारण खुलाएर निवेदन दिएमा राहदानी दिई विदेशबाट फर्केपछि फिर्ता माग्ने भन्नेमा बहस छ ।

विगतमा राहदानी कसुरमा कतिपय सांसद पक्राउ परी कारबाही भएको सन्दर्भमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मतान्तर देखिएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले आफू निर्वाचित प्रमाणपत्र वा सङ्घीय संसद्को सदस्यको परिचयपत्र पेश गरेमा राहदानी विभागले कुटनीतिक राहदानी जारी गर्न सक्ने गरी संशोधन गर्न अधिकांशको माग छ । विधेयकमाथि सोही व्यहोराका संशोधन प्रस्ताव दर्ता पनि भएका छन्