यातायात व्यवस्था कार्यालयमा बिचौलियालाई प्रवेश निषेध
लहान- यातायात व्यवस्था कार्यालयले सूचना प्रकाशित गरी लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।
यातायात व्यवस्था कार्यालय लहान सिरहाले आजदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
कार्यालयमा बिचौलिया प्रवेश गरी भीडभाड गर्ने र सेवाग्राहीसँग काम गराउने नाममा अनावश्यक रकम असुल्ने गरेकाले उनीहरुलाई प्रवेशमा रोक लगाइएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।
बिचौलियाले कार्यालय अगाडि टेबुल राखेरै सेवाग्राहीको काम गराइदिने र सो काम गराइदिएबापत मनपरी रकम असुल्ने गरेकाले त्यसलाई निरुत्साहित गर्दै भीडभाड व्यवस्थित बनाउन यस्तो निर्णय लिइएको निमित्त कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।
।