बजेट पार्ने बेलमा थपक्क सुत्ने अनी एउटै बाटो ४० पटक उद्घाटन गर्नेः नेता भण्डारी

गुल्मीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता चन्द्र भण्डारी संघीय सरकारका दुई जना मन्त्री विरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।

हिजो नेपाल प्रेस युनियनको ७ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफु चार वर्षसम्म सांसद रहँदा जतिको विकास रकम आगमी पाँच वर्ष भित्रमा हालका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पारेर देखाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘भन्नुस् तपाईहरुका मन्त्रीहरुलाई, मैले सांसद छँदा पारेको रकम उहाँहरुले आगमी पाँच वर्ष भित्रमा पारेर देखाउनुस्, त्यति गर्न सके उहाँहरुलाई मैले नै आजिवन सांसद घोषणा गर्ने छु र उहाँहरुलाई फुलमाला लिएर रिडीसम्म स्वागत सत्कार गर्न जानेछु ।’

उनले थपे– बजेट पार्न समयमा थपक्क सुत्ने, ‘कहिले मदन भण्डारी लोक मार्ग भन्न, ‘कहिले रेसुङ्गा विमान स्थल भनेर हल्ला गर्ने, कहिले रेसुङ्गा बहुमुखी क्याम्पस आंगिक बनाऔं भनेर प्रचार गर्ने यो कस्तो शैली हो ? एउटै सडक ४० पटकसम्म उद्घाटन गरेर हुन्छ । लाज लाग्नुपर्ने हो ।

जिल्लामा आफुले पारेका पुलका योजनाहरु, खानेपानी, मोटरबाटो योजना लगायतका विकास निर्माण आफ्नो फेशबुकमा गएर हेर्न पत्रकारहरुलाई आग्रह गर्दै भन, ‘ तपाइहरु किन राम्रा र सत्य कुरा लेख्नमा लाग्नुहुन्न हल्लाको पछि किन लाग्नुहन्छ ?

भाषणको पुरै समय कम्युनिष्ट र उनिहरुको सरकारलाई गाली गलौजमा खर्चिएका नेता भण्डारीले देशमा बढिरहेको हत्या, हिंसा, महँङ्गी र कर बृद्धि विरुद्ध पत्रकारहरुले कलम चलाउन आग्रह गरे ।’