पूर्वप्रधानमन्त्री नवाज शरीफलाई जेलबाट १२ घण्टाको लागि छुट्टी

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ, छोरी मरियम र ज्वाईं मुहम्मद सफदरलाई १२ घन्टाको परोलमा कारागारमुक्त गरिएको छ ।

नवाजकी पत्नी कुलसुम नवाजको अन्तिम संस्कारमा भाग लिनका लागि तीनैजनालाई रावलपिण्डी जेलबाट मुक्त गरिएको हो ।

लामो समयसम्म क्यान्सरपीडित रहेकी शरीफकी पत्नी कुलसुमको मंगलवार निधन भएको थियो ।