सरकारले कुनै उपलव्धी हासिल गर्न सकेन : डा.लोहनी
काठमाडौँ-एकीकृत रा.प्र.पा ( राष्ट्रवादी ) र नेपाली कांग्रेस (वी.पी.)ले आयोजना गरेको ‘मुलुकको आगमी कार्यादिशा ” विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम काठमाडौं वानेश्वर स्थित अल्फा हाउसमा भएको थियो । एकीकृत रा.प्र.पा (राष्ट्रवादीका अध्यक्षय डा.प्रकाशचन्द्र लोहनी को प्रमुख अतिथि तथा नेपाली कांग्रेस (वी.पी) का सभापति हरिबोल भटृराईको सभापतित्व रहेको उक्त कार्यक्रमको सन्चालन एकीकृत राष्ट्रवादीका केन्द्रीय सदस्य झन्त प्याकुरेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य झलकनाथ वाग्लेले गर्नु भएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि डा. प्रकाशचन्द्र लोहनी ले जव सरकार गठन हुदा हामी सवै खुसी थियौ स्थिर सरकारको जग बस्यो अब
देशमा शुसान, र भरष्टाचारको अन्त्य हुने भयो भनेर नेपाली जनतामा उत्साह थियो तर छ महिना पार गरीसकेको सरकारले कुनै उपलव्धी हासिल गर्न सकेन ।
दुई तिहाईको बलमा सरकारले जानेर वा नजानेर प्रजातन्त्रका मुल्य ,मान्यताहरुमा प्रहार गरेको छ । हिजो अयोग्य भनेर निकालेका व्यक्ती आज योग्य भएका छन । ऐनसेलको ४० अर्व दाम उठाउन नसक्ने सरकारका यस्ता गतिविधिले देशमा भरष्टाचारको अन्त्य कसरी हुन सक्छ भन्ने मन्तव्य वक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको सभा विर्सजन ने.का.(वी.पी) का सभापति हरिबोल भटृराई ले गर्नु भएको थियो