पर्यटकलाई खोलाले बगायो

पोखरा- पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ ।

ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाएको हो ।

आठ जनाको समूहमा पदयात्रामा पुगेका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्दु्रक प्रहरी जनाएको छ । टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए ।

शनिबार दिनभर उनको खोजी गर्दा पनि फेला पार्न नसकिएको लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।