नेकपा ‘विप्लव’ का रोल्पा जिल्ला सेक्रेटरी पक्राउ
रोल्पा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ पक्राउ परेका छन् ।
सोमबार बेलुका रोल्पा नगरपालिका–१० धवाङबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्रयासलाई जिल्ला प्रहरी कार्यालय लिबाङ ल्याइएको पुर्याइएको प्रहरीले जनाएको छ ।
गाउँमा जनजागरण अभियानमा रहेका नेता प्रयासलाई पक्राउ गरिएको जनाइएको छ । केहि समय अगाडी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि प्रयास लगायत नेता सदरमुकाम लिबाङबाट गाउँ तिर गएका थिए।