सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने –मुख्यमन्त्री पोखरेल
बुटवल-संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ ।
कामका आधारमा भन्दा सरकार सञ्चालनको छ महिना नपुग्दै आलोचना शुरु हुने गरेको बताउँदै उहाँले तीन प्रतिशत रहेको आर्थिक वृद्धि दर यही सरकारले छ प्रतिशतमा पुराएको बताउँदै आगामी वर्ष आठ प्रतिशतमा पुग्ने दाबी गर्नुभयो ।
समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने पुरानो चलन भएको भन्दै गल्ती, हेलचेक्र्याइबाट हुने घटनालाई राज्यलाई जोड्नुभन्दा परिवार र समाज पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशमा सभामुख पूर्णबहादुर धर्तीले सञ्चार माध्यमलाई व्यवस्थित र निष्पक्ष गराउनुपर्ने बताउनुभयो ।